काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली प्रतिनिधिसभामा बहुमत सदस्यको विश्वासको मत पाउन असफल भएका छन् ।


ADVERTISEMENT


सोमबार प्रनिनिधिसभामा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी गरेको प्रस्तावमा ओलीको पक्षमा ९३ मत मात्रै परेको हो ।


ADVERTISEMENT

# # #


२७५ जना सांसद रहेको प्रतिनिधिसभामा आज २३२ जना उपस्थित थिए । जसमध्ये १२४ जनाले ओलीको विपक्षमा मतदान गरेका छन् भने १५ जना तटस्थ रहेका छन् ।

यससँगै ओली अल्पमतमा परेका छन् भने उनको सरकार कामचलाउ बनेको छ ।