काठमाडौँ – नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाले कोरोना संक्रमण रोकथामका लागि नाडाले नेपाल एपीएफ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भयावह रुपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र त्यसको सहजताका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक ५ हजार वटा मास्कसहित ५०/५० सेट स्लीपर र थर्मोसल व्वाइलेट, बेड सिट र टावेल सहयोग गरेको छ ।


ADVERTISEMENT

# # #


सोमवार एपीएफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाईड अस्पतालका प्रासप्र उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका थिए । ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गर्ने प्रतिवद्धता गरेका छन् ।