झापामा डेंगुको संक्रमण तीब्ररुपमा फैलिदै गएको छ । डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश शाह रहेका छन् ।


ADVERTISEMENT


केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए । जनस्वास्थ्य कार्यलय झापाका प्रमुख मधुसुदन कोईरालाले भने आधिकारिक पुष्टि भइनसकेको बताए ।
असोज पहिलो सातादेखि देखा परेको डेंगुको संक्रमण झापामा तीब्र रुपमा फैलिदै गएको हो । अहिले झापाका बिर्तामोड, मेचीनगर, कांकरभिट्टा , दमक , कन्काई, अर्जुनधारा तथा बुद्धशान्ति गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडमा मात्र ५३ जनामा संक्रमण देखिएको छ । बिर्तामोडका बिभिन्न अस्पतालहरुमा अहिले दिनहुँ जसो ५ जना भन्दा बढी डेंगु संक्रमित बिरामीहरु आउने गरेका छन् । बिर्तामोडको बि एण्ड सि, बिर्ता सिटी, कन्काई, मनमोहन, कञ्चनजंघा लगायतका अस्पतालहरुमा दिनहुँ डेंगुका बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
डेंगु संक्रमण तीब्र बन्दै गएपछि स्थानीय सरोकारवालापक्षसग आक्रोशित बनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने आफ्नोतर्फबाट डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताएको छ । जनस्वास्थ्यका प्रमुख कोइरालाले डेंगु एक प्रकारको भाइरल इन्फेक्सन भएकोले पूर्णरुपमा नियन्त्रण नुहने हँुदा आफै सचेत रहन आग्रह गरेका छन् ।
डेंगुको संक्रमण हो होइन पत्ता लगाउनका लागि झापाका सरकारी अस्पतालहरुमा डाईग्नोष्टिक किट वितरण भइसकेको र निशुल्क परिक्षण समेत भइरहेको उनले बताए । जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुल बहादुर पौडेलले डेंगु सामान्य रोग भएकोले नआत्तिन सर्बसाधारणलाई आग्रह गरेका छन् । डेंगुका लार्भाहरुको सर्च एण्ड डिस्ट्रोय गर्ने कार्य पनि भइरहेको उनले बताए । – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #