काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मंगलबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।


ADVERTISEMENT


शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।


ADVERTISEMENT

# # #


यसदिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा लाग्ने गरेको मेला भने स्थगित भएको छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । त्यसैले विगतमा मानिसहरुको घुइँचो हुने मातातीर्थ क्षेत्र सुनसान छ ।

कोरोनाका कारण यसअघिको बर्षमा पनि मेला स्थगित भएको स्थानियले बताएका छन् ।

आमा नभएकाहरु मातातीर्थ पुगेर त्यहाँको कुण्डमा स्नान गरी पीण्ड दान गर्ने र आमाको प्रतीमामा पूजा गर्दछन् ।