नेपाली बजारमा आलुको बिउ तेब्बर महँगो भएपछि कपिलवस्तुका किसान भारतीय बजारतर्फ बिउ खरिद गर्न थालेका छन्। भारतीय बजार कृष्णनगर, खुनुवा, चाकरचौंडा, शोहरतगढमा आलुको बिउ खरिद गर्न नेपाली किसान जाने गरेका हुन्। आलु लगाउने बेला बिउको अभाव भएपछि जिल्लाका किसान भारतीय बजारकै भरपर्ने गरेका छन्। बिउ उत्पादनमा प्रोत्साहन नगरिनु, अनुदान नदिने, उत्पादन गरिएको बिउ राख्ने कोल्डस्टोर अभाव, व्यावसायिक आलुखेती नहुँदा आलुको बिउ अभाव भएको हो। मुख्यतः बिउ भण्डारण गर्न नसकिएकाले सिजनमा बिउको अभाव देखिने गरेको किसान बताउँछन्।


ADVERTISEMENT


सीमाना जोडिएको भारतीय बजारमा बिउको मूल्य प्रतिकेजी २० देखि ३० रुपैयाँ छ। भारतीय व्यापारीले पनि मौकाको फाइदा उठाउँदै महँगोमा बिउ बिक्री गरिरहेको बिउ किन्न जाने नेपाली किसान बताउँछन्। आलु रोप्न ढिलो भए डढुवा रोगको प्रकोपको सम्भावना हुने भन्दै यस वर्ष कृषकले कम क्षेत्रमा आलुखेती गरेको कृषि विकास कार्यालयले जनाएको छ। एकातिर बढी मूल्यका बिउ अर्कोतर्फ उत्पादन समेत कम हुने भए पछि किसानयसमा कम आकर्षित भएको कार्यालयको भनाइ छ।
वाणगंगा नगरपालिका ४ का घनश्याम भुसालले बिउ महँगो भएकाले रित्तै फर्किएको बताए। बजारभरि घुमे, कृषि कार्यालय धाए तर कतै पनि सस्तो वा अनुदानमा बिउ पाइएनु, उनले भने। जिल्लामा उत्पादित आलु र बिउलाई व्यस्थत गरेर राख्न हालसम्म कोल्ड स्टोर समेत स्थापना गरिएको छैन। यसकारण बर्सेनि बिउका लागि भारतको मुख ताक्नु परेको आलुखेतीका अगुवा किसानभभुते थारु बताउँछन्। कोल्ड स्टोर निर्माण गरिए पर निर्भरता धेरै हद सम्म समाप्त भई यहाँका कृषकलाई फाइदापुग्ने उनको भनाइ छ। – आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #