काठमाडौं – काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने पराजुलीले बताए । महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्ने र निरन्तर अनुगमन गरिने उहाले जानकारी दिए ।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । त्यसपछि २२ गतेदेखि वैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटकको म्याद बुधबार सकिदैछ ।