काठमाडौँ– चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर बोकेर नेपाल वायु सेवा निगमको वाइडबडीले आज काठमाडौँ अवतरण गरेको छ ।


ADVERTISEMENT


बेइजिङबाट झन्डै २६ टन बराबरको स्वास्थ्य सामग्री लिएर आएको वाइडबडीले अनुदानमा प्राप्त ४ सय थान अक्सिजन र १० थान भेन्टिलेटर ल्याएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज सोमबार राति नै चीनतर्फ प्रस्थान गरेको थियो । चीनबाट कुल २ हजार थान अक्सिजन सिलिण्डर नेपाल ल्याउने नेपाल सरकारको तयारी रहेको छ।