काठमाडौँ –स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना सरकारले प्रक्षेपण गरेभन्दा तीव्र बढेको बताएका छ् । मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले असार मसान्तसम्म संक्रमण उच्च गतिमा बढ्ने प्रक्षेपण गरेपनि त्योभन्दा तिव्र गतिमा संक्रमण बढिरहेको बताए ।


ADVERTISEMENT


यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना संक्रमित पुष्टि हुने कुराको प्रक्षेपण गरेको थियो ।


ADVERTISEMENT

# # #


‘सरकारले असार मसान्तसम्म संक्रमण उच्च गतिमा बढ्ने प्रक्षेपण गरेपनि त्योभन्दा तिव्र गतिमा संक्रमण बढिरहेको छ । अहिले अक्सिजनको माग अत्याधिक बढेकाले मागअनुसार पुर्याउन सकिएको छैन,’ उनले भने, ‘सरकारी अस्पतालमा १६ हजार बेड रहेपनि बिरामीलाई समस्या परिरहेकोले सरकार अधिकतम स्रोत साधनको प्रयोगमा लागिरहेको छ ।’

सरकारले ४५ दिनपछि पुग्ने आंकलन गरिएको उच्च संक्रमण दर अहिले नै पुगेकाले जटिल अवस्था सृजना भएको उनको भनाइ थियो ।

संक्रमण बढ्ने क्रम उच्च रहेकाले जटिल अवस्था सृजना भएको उनको भनाइ थियो ।