काठमाडौँ – काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि आवश्यक अक्जिनको अभाव भइरहे कुनैपनि बेला अकल्पनीय घटना घट्नसक्ने बताएको छ ।


ADVERTISEMENT


आफूलाई ‘कोभिड अस्पताल’मा रुपान्तरण गरी सेवा प्रदान गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह बुधबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको चरम अभाव बन्दै गएकाले कुनैपनि बेला स्थिति नियन्त्रण बाहिर जान सक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।’

यद्दपी असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनि अस्पताल लागेको कार्यकारी निर्देशकले सिंहले बताएका छन् ।

उनले भनेका छन्, ‘अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौ ।साथै, स्थिति हाम्रो काबु बाहिर नजाओस भनि हामी प्रयत्नशील पनि छौं ।’

अस्पतालले सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा अत्यन्त सुझबुझ र विवेकशील भई आफ्नो दायित्व पूरा गर्न आग्रह समेत गरेको छ ।