सरकार !


ADVERTISEMENT


तेरो पानीजहाज लैजा


ADVERTISEMENT

# # #


चुच्चे रेल लैजा

तेरो स्मार्ट-सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

(कवि अर्जुन पराजुलीद्वारा लिखित प्रस्तुत कविता उनको फेसबुकबाट साभार गरिएको होे ।)