काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि ‘कोभिड हाई केयर आइसोलेसन युनिट’ सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


महालक्ष्मी नगरपालिका र केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलको सहकार्यमा नगरपालिकाका गम्भीर प्रकृतिका कोभिड–१९ संक्रमितहरूको उपचारका लागि उक्त अस्पताल सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा. प्रेम देवानले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सेवा प्रदान गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क अस्पतालले शोधभर्ना पाउने छ । हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमश बढाइदै लगिनेछ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले विरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताए । उनले अक्सिजन सपोर्ट आवश्यक पर्ने नगरभित्रका गम्भीर प्रकृतिका कोभिड १९ संक्रमितहरूलाई यो सेवाबाट राहत मिल्ने विश्वास व्यक्त गरे ।

कोभिड हाईकेयर आइसोलेसन युनिट सञ्चालनमा आवश्यक सहयोग, समन्वय एवम् सुपरभिजनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत डा. दिपेश उप्रेतिको संयोजकत्वमा स्वास्थ्य प्राविधिक टोली खटाइएको छ ।