काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवनलीले नेपालका कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको लागि आवश्यक अक्सिजनको आपूर्तिमा अभाव नहुने दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकका निर्णय सुनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले उक्त दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उ्रत्पादनलाई बढाउन देशभित्र रहेका अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउने र त्यसका लागि उद्योगीलाई विद्युत शुल्क लगायतमा छुट दिने कुरा भएको उनले बताए । यस्तै लिक्वीड अक्सिजन नेपाल उत्पादन नहुने भएकाले भारतसँग त्यसका लागि नियमित कुरा भइरहेको उनले बताए ।

सिलिण्डरको अभावलाई पनि समाधान गर्दै गइरहेको उनले बताए । ‘देशभित्र रहेको सबै सिलिण्डरहरु उद्योगीहरुले स्वास्थ्य निकायलाई बुझाउनु भएको छ । साथै हामीले चीनबाट, ओमानबाट सिलिण्डरहरु मगाइरहेका छौँ ।’ उनले भने, ‘निजी क्षेत्रले मगाएका सिलिण्डहरु पनि ल्हासामा आइपुगेका छन् । यो संख्या बढ्दै जाने भएकाले अब अक्सिजनको ठूलो समस्या हुँदैन ।’

रोकको प्रकृति र आक्रामकताका कारण गएका दुई हप्ता कठिनाई भए पनि अब त्यो विस्तारै कम हुँदै जाने उनले बताए ।

मन्त्री ज्ञवालीले स्वास्थ्य संकटकालबारे पनि छलफल भइरहेको बताएका छन् । उनले भने, ‘अहिले संक्रामक रोग ऐनले गर्न नसकेको के के काम स्वास्थय संकटकाल लगायो भने सजिलो हुन्छ भन्ने बारेमा हामी तुलनात्मक रुपमा अध्ययनहरु गरिरहेका छौँ ।’

यद्दपी उनले नतिजा नआउने हो भने स्वास्थ्य संकटकाल लगाउनुको कुनै अर्थ नहुने उल्लेख गरे । उनले महामारी नियन्त्रणका लागि केही कानुनी सुधार भने आवश्यक रहेको उनले बताए ।