काठमाडौँ – नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत ‘नबिल आईकार्ड’को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।


ADVERTISEMENT


यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आईकार्ड’ सेक्सनमा nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard गइ ‘आईकार्ड’ विकल्प छानि नबिल ‘आईकार्ड’को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्न बैँकले जनाएका छन् ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा  (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्ना ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुविधा ल्याएको हो ।