भारत–छिमेकी मुलुक भारतले आज कोरोना विरुद्वको ओषधिको पहिलो खेप सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कोरोना लहरको दोस्रो चरणबाट अत्याधिक क्षति बेहोरिरहेका भारतले आज सो औषधिको पहिलो खेप भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा भारतीय केन्द्रिय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनलाई सुम्पिएको हो ।


ADVERTISEMENT

# # #


कोभिडविरुद्व पहिलो पटक भारतद्वारा उत्पादित उक्त औषधिलाई ‘टु–डिजी’ नाम दिइएको छ । पाउडरको रुपमा तयार सो औषधिले कोरोना संक्रमण विरुद्वको लडाइ लड्नमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

भारतीय रक्षामन्त्रीले आफ्नो सामाजिक सञ्जालमार्फत ‘टु–डिजी’ उत्पादनकर्ताको उच्च प्रशंसा गर्दै उनलाई वैज्ञानिकको रुपमा अभिनन्दन गर्ने जनाएको छ । यसका साथै उनले भारतीय सरकार उक्त विषम् परिस्थितिमा अक्सिजन, औषधि तथा आवश्यक स्वासथ्य सामाग्री परिपूर्तिका लागि लागिपरेको जानकारी समेत दिएका छन् ।

डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेज ९आईएनएमएएस०ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर सो खोप तयार पारेका हुन् । २–डीजीले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट राहत दिने अधिकारीहरुको दाबी छ ।