काठमाडौँ – काठमाडौंको कमल पोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ ।


ADVERTISEMENT


अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी आइशोलेसन सेन्टरको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले आइशोलेसन सेन्टर सञ्चालन गर्नेछन् ।


ADVERTISEMENT

# # #


आइशोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले उद्घाटन गरे । सो क्रममा क्वात्राले कोभिड–१९ विरुद्धको लडाईँमा भारत सरकारले नेपाललाइ निरन्तर सहयोग गर्ने बताए ।

आइशोलेसन सेन्टरमा १८ कोठा रहेका छन् भने आवश्यक सवै स्वास्थ्य सेवा उपलव्ध हुने बताइएको छ ।