काठमाडौँ – उत्तर प्रदेशको लखनाउ सहरमा जल्दै गरेका दुई बच्चाका शव भेटिन्छन् । दुई जना एमबीए विद्यार्थी, जो जंगलमा सर्प छोड्न आएका छन् उनीहरुले जलिरहेका शवको आगोमा माटो छर्किएर आगो निभाउँछन् । उक्त घटनाको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले रिटायर्ड आर्मी अफिसर बीरसिँहलाई सो हत्याको अभियुक्तका रुपमा कठघरा अघि उभ्याउँछ ।


ADVERTISEMENT


उक्त मुद्दामा सरकारको तर्फबाट मुद्दा जितेमा राज्यसभा कुर्सी उपहार पाउने प्रस्ताव सरकार निकट मान्छेले गरेपछि जयसिँह वीरसिँहको पक्षमा मुद्दा लड्छन् । अर्का सत्य र इमान्दार वकिलका रुपमा परिचित अमित कुमार बच्चाको तर्फबाट लड्छन् ।


ADVERTISEMENT

# # #


अनुसन्धानका क्रममा हत्या भएका बच्चालाई हत्या अघि र पछिसमेत बलात्कार गरेको रिपोर्ट सार्वजनिक हुन्छ । अभियुक्त वीरसिँहलाई हिरासतमा राखिन्छ ।

हिरासतभित्र शक्तिशाली मानिने दादाशा नामको कैदी छ । जसले बीरसिँहसँग शारिरिक सम्पर्क राख्ने चाहसहित उसलाई दुःख दिन थाल्छ । एकदिन बीरसिँह चक्कुले हानेर उसको आँखा झिकिदिन्छ । कैदीहरु मिलेर वीरसिँहलाई कुट्छन् जब वीरसिँह होशमा आउँछन् उनी आफूलाई एक युवतीका रुपमा प्रस्तुत गर्छन् । उनी आफूलाई चारु रैना भएको बताउन थाल्छन् । यहाँबाट मुद्दाले नयाँ मोड लिन्छ ।

मनोवैज्ञानिक अपराधिक कथामा बनेको यस फिल्ममा बीरसिँहको भूमिका मानव कौलले निभाएका छन्, जुन प्रशंसनीय छ । वकिलको भूमिकामा रहेका अर्जुन रम्पाल र आनन्द तिवारीको एक्टिङ पनि अद्भूत देखिन्छ ।कथालाई लामो बनाउने क्रममा कथामा केही सबप्लट निरअर्थक लाग्छन् । फिल्म सकिँदा फिल्ममा देखिएका केही सिन र पात्रको कुनै आवश्यकता नभएजस्तो र अर्थबिहीन लाग्छन् । तथापि फिल्मले अन्तीम सम्म बाँधेर राख्छ । ७.४ आईएमडीपी रेटिङ रहेको यस फिल्मको लेखन र निर्देशन बक्स बार्गवा कृष्णाको रहेको रुम ड्रामा, क्राइम थ्रिलर, मर्डर मिस्ट्री कथामा बनेको यो फिल्म बलिउडमा उत्कृष्ट फिल्म बन्छन् भन्ने प्रमाण हो ।

हेर्नुहोस् युट्युबमा : https://www.youtube.com/watch?v=TAL63OwndRw&t=2003s