काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको आरोप लगाएकी छन् । उनले शुक्रवार मध्यराति भएको संसद् विघटन गरी मध्यावधि चुनावको मिति तोक्ने निर्णयको विरोध गर्दै संविधानको मर्ममाथि प्रहारी गरी देशलाई अस्थिरतातर्फ धकल्ने नियोजित पात्रका रुपमा प्रधानमन्त्री र राष्ट्रपति लागेको आरोप लगाएकी छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले भनिन्, ‘सम्पूर्ण देश र जनता कोरोना महामारीको पिडा बाट छटपटाइ रहेको अवस्थामा प्रधानमन्त्री तथा रास्ट्रपति बाट मध्यरातमा संसद भंग गर्ने र मध्यावधि चुनाबको मिति तोक्ने दुर्भाग्यपूर्ण निर्णय गरिएको छ। यसले लामो संघर्ष र बलिदानी बाट प्राप्त लोकतन्त्र र संबिधान माथि ठाडो प्रहार भएको छ ।’


ADVERTISEMENT

# # #


संविधानको रक्षा र पालना गर्नु पर्ने संस्था नै बारम्बार संबिधानको मर्ममाथि प्रहार गर्ने र देशलाई अस्थिरताको चक्रमा लैजाने नियोजित पात्रको रुपमा प्रयोग हुनु दुखद भएको उनको भनाइ छ ।
‘कोरोना महामारीबाट देश नै थलिएको अवस्थामा निर्बाचनको तयारी कसरी हुन सक्छ ?’ उनले भनिन्, ‘यो कदम केवल देशलाई द्वन्दमा लैजाने, अस्थिरता सिर्जना गर्ने र विभिन्न बहानामा नेपाललाइ रणभुमि बनाउने षडयन्त्रको एउटा कडी हो।’

यो एउटा जननिर्बाचित सरकारले जनता र देशप्रति गरेको यो अक्षम्य धोका र संबिधानप्रति गरेको प्रहार भएको बताउँदै निन्दा व्यक्त गरेकी छन् ।