काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा बिघटन गर्ने मन्त्रिपरिषद्को निर्णय सदर भएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा संसद् विघटन गर्दै कार्तिक २६ र मंसिर ३ मा मध्याबधि निर्वाचन तोकेकी छन् ।


ADVERTISEMENT


शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैका दाबी नपुगेकाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने घोषणा गरेसँगै बसेको मन्त्रिपरिषद्को बैठकले मध्यावधि निर्वाचनको निर्णय गरी राष्ट्रपतिसामु संसद् विघटनका लागि सिफारिस गरेको थियो ।

No description available.