काठमाडौँ – बेलायतले नेपाललाई २० लाख डोज खोप दिने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत बेलाय नेपाललाई २० लाख डोज कोभिडशिल्ड खोप दिन तयार भएको हो ।


ADVERTISEMENT


कोभिडशिल्ड यसअघि नै नेपालमा पहिलो डोजका रुपमा प्रयोग भएको खोप हो । भारतले पहिलो पटक अनुदानमा दिएको खोपबाट खोप कार्यक्रम शुरु गरिएकोमा पछि खरिद गरेको आधा मात्र खोप दिएर भारतले खोप नदिने बताएपछि खोप कार्यक्रम प्रभावित भएको थियो ।


ADVERTISEMENT

# # #


यद्दपि, सरकारी पहलबाट नभएर नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा उसले नेपाललाई खोप दिन लागेको हो । तर यो नेपाललाई पहिलो मात्रा लगाएकाहरुका लागि पनि पर्याप्त भने छैन ।

यसअघि भारतबाट अनुदान र खरिदसहित २४ लाखलाई कोभिडशिल्ड खोप लगाइएकोमा २१ लाखलाई दोस्रो मात्रा लगाउन बाँकी छ ।