भारत– कोरोनाको दोस्रो लहरले तहसनहस पारेको छिमेकी मुलुक भारतमा पछिल्लो क्रममा भने संक्रमितको संख्यामा कमी आउन थालेको छ । सुत्र मोडेलको प्रक्षेपणअनुरु , भारतमा पछिल्लो समयमा संक्रमितको संख्यामा कमी आउन थालेको हो ।


ADVERTISEMENT


भारतको पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमणका केश हेर्ने हो भने नयाँ संक्रमितको २ लाख ४० हजार रहेको छ भने निको हुनेको संख्या ३ लाख ५४ हजार रहेको देखिन्छ । यद्यपि कोरोना संक्रमित मृत्युदरको अवस्था भने निराशा जनक नै देखिएको छ । यहाँ पछिल्लो २४ घण्टाको अन्तरालमा मात्रै संक्रमणकै कारण ३ हजार ७ सय ३६ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


तर, भारतमा मे महिनाको अन्त्यदेखि जुलाईसम्ममा निको हुने र संक्रमितको संख्यामा अझै गिरावट आउने विज्ञहरुको अनुमान रहेको छ । दैनिक ६ अंकमा देखिने यहाँको संक्रमितको दर मे अन्त्यसम्म आइपुग्दा डेढ लाख र जुलाईको अन्त्यसम्ममा २० हजारसम्ममा झर्ने विज्ञहरुको अनुमान छ ।