डोटी– यहाँको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ ।


ADVERTISEMENT


कोरोना रोकथाम तथा नियन्त्रण तथा र सङ्क्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै हितकारी मनहरु जुटौँ, शुरु भयो कर्तव्य पथको अभियान’ शुरुआत गरिएको छ ।

समाजसेवी भक्तराज जोशीले कोरोना रोकथाम र नियन्त्रण सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । कांग्रेस नेता विजय खड्काले मास्क र स्यानिटाइजर वितरण, अलपत्र परेका व्यक्तिको उद्धार, बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहयोग,सङ्क्रमितको मनोबल बढाउन सहयोग जारी रहेको बताए । रासस