काठमाडौँ– हातेमालो अभियान तथा वल्र्ड रेकर्ड होल्डर्स एन्ड अचिभर्स क्लबको अग्रसरतामा सामाजिक अभियन्ता सागर कटवालद्वारा प्रिजनर्स असिस्टेन्स नेपाललाई आवश्यक सामाग्री प्रदान गरिएको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण देशका निषेधाज्ञा जारी भएका बीच विभिन्न स्थानमा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने व्यक्तिहरुलाई निःशुल्क भोजन वितरण गर्दै आएको सामाजिक संस्था प्रिजनर्स असिस्टेन्स नेपाललाई अभियन्ता कटवालले आज आवश्यक खाद्यान्न तथा तरकारीहरु सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा उनीसंगै गायक निर्णय श्रेष्ठ तथा अर्का सामाजिक अभियन्ता इन्दिरा रानामगरको पनि सहभागिता रहेको थियो ।

कटवालको उक्त सामाजिक कार्यमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद आभार व्यक्त गर्दै उक्त सामाजिक कार्यमा आफ्नो इच्छा एवम् क्षमता अनुसार, सहयोग गर्न सकिने बताएका छन् ।