अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ ।


ADVERTISEMENT


यसले नेपालको उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन्  । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ ।


ADVERTISEMENT

# # #


चिनी उत्पादक संघका उपाध्यक्ष राजेश केडियाले भने, स्थानीय उद्योगले ६० रुपैयाँमा चिनी बेच्नुपर्यो भने, किसानलाई पोहोर दिइएको उखुको मोल (क्विन्टलको ५३१ रुपैयाँ) दिन सकिदैन ।

नेपाली उद्योगले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । केही महिनाअघि साल्ट ट्रेडिङले टनको पाँच सय ९८ डलरको भाउमा चिनी आयात गरेको थियो ।

अहिले अन्तराष्ट्रिय भाउ तीन सय ९० को हाराहारीमा झरिसकेको छ । यो भाउमा चिनी आयात गर्दा यहाँ भित्र्याउँदासम्म आयातकर्ताको लागत किलोको ६० रुपैयाँ पर्न आउँछ । -आजको अन्नपूर्ण पोस्टबाट