काठमाण्डौं- हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा व्यस्त छन् ।


ADVERTISEMENT


भुकम्पपछिको पुनर्निर्माणमा अहोरात्र खटिएर ३ वटा नमुना बस्ती निर्माण सम्पन्न गरिसकेका उनीहरुले यो पटक भने बाढीपीडितका लागि बस्ती निर्माण गरिरहेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गत गत असोज ४ गतेबाट १२ कठ्ठा जग्गामा ४७ परिवारका लागि ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।


ADVERTISEMENT

# # #


फाउण्डेशनका अध्यक्ष कट्टेलले कुरा गर्दै अहिलेसम्म कम्पाउण्ड तथा १७ वटा घरको जग हालिसकिएको जानकारी दिए । तराईमा गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पिडित र दलित तथा पिछडिएको समुदाय भएकोले पनि त्यहाँ बस्ती निर्माणको थालनी गरिएको कट्टेलले बताए । बस्तीमा एउटा मन्दिर, एउटा सामुदायिक भवन, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने फाउण्डेशनले जनाएको छ ।

सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दछन् ।  -आजको कान्तिपुरबाट