काठमाडौँ – चीनले नेपाललाई कारोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोनमा चिनियाँ राष्ट्रपति सि जिङ पिङले उक्त घोषणा गरेका हुन् ।


ADVERTISEMENT


राष्ट्रपतिबीचको फोनवार्ता लगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले चीनले नेपाललाई उक्त मात्राको खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लड्न नेपालाई खोप आवश्यक भएकाले खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप भरोसेल नेपाललाई दिएको थियो ।