काठमाडौँ – गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारतमा देखिएको यास चक्रवातको असर नेपालमा पनि देखिएकाले पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन भनेको छ ।


ADVERTISEMENT


पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म त्यसको प्रभाव नेपालमा पनि देखिने पूर्वानुमान गरि प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणले सम्बन्धित निकायलाई अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको जोखिम रहेको भन्दै सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

प्राधिकरणले यास चक्रावतको प्रभावस्वरुप प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने , गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने पूर्वानुमान गरेको छ ।