काठमाडौँ – काठमाडौ क्षेत्र नम्बर ९ (क) को प्रदेश सभा सदस्यको लागि नेकपाको एमालेको तर्फबाट नेता ओम थपलिया सिफारिसमा परेका छन ।


ADVERTISEMENT


नेकपा एमालेको न्याय तथा कानुन विभाग सदस्य समेत रहेका उनी काठमाडौँ क्षेत्र नम्बर ९ लाई सधैँ नै प्राथमिकतामा राख्ने नेतामध्ये पर्छन् ।  थपलियालाई नै टिकट दिनुपर्ने जनताको चाहाना भइरहेकाले प्रदेश सभाको टिकटका लागि अहिले उनको नाम क्षेत्र , जिल्ला, प्रदेश हुँदै सिधै स्थायी समितीमा गएको छ ।


ADVERTISEMENT

# # #


जनताको चाहाना बुझ्ने र सँधै विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने थपलिया काठमाडौँ क्षेत्र नम्बर ९ को विकासको लागि सँधै खटिरहने नेतामा पर्छन् । कानुन विषयमा एलएलएम गरेका थपलियाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रदेश सभाको टिकट लागि आफुलाई योग्य ठान्ने उनी अन्यभन्दा बलियो भएको बताउँछन् । पार्टीमा दिएको योदान र जिम्मेवारीको सवालमा अन्यभन्दा सिनियर भएको भन्दै उनले भने, ‘अन्य साथीहरु पनि योग्य हुनुहुन्छ तर काम गर्ने सिलसिलामा अरुभन्दा म सिनियर छु । उहाँहरु मध्येबाट पनि म योग्य छु भन्ने मलाई लाग्छ र पार्टीले जिम्मेवारी दिएको खण्डमा कुनैपनि भुमिका लिन म तयार छु ।’

पार्टीमा विगत देखि नै महत्वपूर्ण योगदान दिँदै आएका उनले काठमाडौ जिल्ला समितमा १६ बर्ष सदस्यको रुपमा काम गरेका छन् । नेकपा एमालेको आठौ महाधिवेशनमा केन्द्रिय अनुशासन आयोगको सदस्य बनेका थपलिया ९ औ महाधिवेशनमा केन्द्रिय न्याय तथा कानुन विभागको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

२०६२/६३ को संयुक्त जनआन्दोलनमा कलंकी मोर्चाको संयोजकको भूमिकामा शसक्त आन्दोलनमा होमिएका थपलिया प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचार पछि पनि फेरि आन्दालनमा आएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो।

काठमाडौ क्षेत्र नम्बर १ (क) को लागि एमालेबाट थपलियाका साथै अजय क्रान्ती शाक्य, राजेन्द्रमान श्रेष्ठ र रामेश्वर श्रेष्ठ पनि सिफारिसमा परेका छन । प्रदेश सभाको लागि एमालेबाट आफुले टिकट पाएमा सहज जित निकाल्ने उनी बताउँछन् ।