काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् ।


ADVERTISEMENT


उनले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । रासस