सिरहा – सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सिरहाको नवराजपुर गाउँपालिका २ का ३५ बर्षीय लक्ष्मण महतोको करेन्ट लागेर मृत्यु भएको हो ।


ADVERTISEMENT


केही वर्षदेखि उनी लहान नगरपालीका ८ स्थित ससुराली घरमा बस्दै आएका थिए ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहान मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिद्युत प्रवाह भई महतोलाई करेन्ट लागेको थियो ।

उक्त दुर्घटनापछि उनलाई उपचारको लागि अस्पताल लगिदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।

शव पोस्टमाटमका लागि हान अस्पतालमा राखिएको लहानका स्थानीय जसपाका युवानेता रामु महतोले जानकारी दिए ।