काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम बिनियोजन गरेका हुन । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


अक्सिजन उपकरण स्थापना गर्न आवश्यक उपकरण आयात गर्न लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छुट दिइएको उनले बताए । सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पूँजीगत अनुदान दिइने उनले बताए ।

कोरोना अवधिभर अक्सिजन उत्पादन गर्न लाग्ने बिजुलीमा ५० प्रतिशत छुट गरिएको छ ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः