काठमाडौँ – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


जस अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोगन गरिएको छ । यस्तै कोरोना खोप खरिद गर्नका लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ ।

यस्तै कोरोना विरुद्ध लड्न भेन्टिलेटर, आईसीयू, सीसीयू, टेस्ट किट लगायतका आवश्यक उपकरण खरिदका लागि ४ अर्ब छुट्याइएको छ ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः