काठमाडौँ – ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमान स्थल’ मा नामाकरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामाकरण गरी थप विकसित गरिने उल्लेख छ ।


ADVERTISEMENT


यसका लागि आवश्यक रकम समेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी पूर्व मन्त्री अधिकारी सहित सातजनाको निधन भएको थियो ।


ADVERTISEMENT

# # #


तामोर कोरिडोर सम्पन्न गर्न रु ६ अर्ब ५० करोड विनियोजन

यसैगरी सरकारले तामोर कोरिडोर र कोशी कोरिडोर निर्माण सम्पन्न गर्न रु ६ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । यो करिडोरले भारत र चीनसँग जोड्ने छोटो दूरीमा जोड्छ ।

अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ इला डाँडामा निर्माण भइरहेको छ । ती दुई देशसँग सडक संञ्जालले जोड्न चार किलोमिटर मात्र बाँकी रहेको उतर दक्षिण लोक मार्ग कार्यलयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।