काठमाडौँ – विवेकशील साझा पार्टीले आर्थिक वर्ष २०७८–७९ का लागि सरकारले ल्याएको बजेट फोकसहीन र अत्यधिक ऋणभारयुक्त रहेको टिप्पणी गरेको छ ।


ADVERTISEMENT


बजेट भाषणपछि प्रतिक्रिया दिँदै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले बजेट लोकप्रियतावादी, वितरणमुखी र लोकप्रियतावादी रहेको बताएका हुन् । उनले भष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले तोकिएका लक्षहरू हासिल गर्न तथा भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा नसक्ने भएकाले कुनै चासो नदेखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘भ्रष्टाचार न्यूनीकरण र राज्यको क्षमता अभिवृद्धिबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँछ।’