काठमाडौँ– आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले म्यादी प्रहरीका लागि  लिखित परीक्षा भइरहेको छ ।


ADVERTISEMENT


उच्च पहाडी र हिमाली गरी ३२ जिल्लामा पहि चरणमा हुन निर्वाचनका लागि म्यादी प्रहरीको छनोट गर्न लिखित परीक्षा भइरहेको छ । पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार सामुहिक लिखित परीक्षा दिएका छन् ।


ADVERTISEMENT

# # #


लिखित परीक्षाको लागि ३० मनेटको समय छुट्टाइएको थियो । खेलमैदानमा लामबद्ध भएर परिक्षा दिइरहेका परिक्षार्थीहरु हेर्न सर्बसाधरणको समेत घुईंचो लागेको थियो ।

निर्वाचानमा शान्ति सुरक्षा कायम गर्नका लागि आगामी निर्वाचनका लागि देशभर ९८ हजार २ सय ६८ म्यादी प्रहरी माग गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा म्यादी भएकाहरुलाई यसपाली बढि प्राथमिकता दिइने छ ।

म्यादी प्रहरी भर्ना छनोट गएका व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको, टाटु हानेको जस्ता व्यक्तिलाई छनोट प्रक्रियामै सामेल नगराइएको बताइएको छ ।

देशमा बढ्दै गएको बेरोजगारीका कारण युवादेखि वयस्कसम्म म्यादी बन्न लालायित देखिन्छन् ।