काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् ।


ADVERTISEMENT


अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनीहरुले भनेको जस्तो साम्यवाद नभई अहिलेको भन्दा पनि खतरानाक पूँजीवाद आउने उनको विश्लेषण छ । विप्लवले अघि भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन वाम होइन, दाम र नामका लागि भएको हो ।’

विव्लवले कांग्रेस संग्राहलयमा राख्न मात्र योग्य रहेको बताए ।