काठमाडौँ – काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ । मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


घटनास्थल नजिकै स्थानीयले मानिसको खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएको भनेर खबर गरेका थिए । घटनाबारे जानकारी हुनेबितिकै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


खुट्टा र घुँडाको भाग मात्रै फेला परेको र पोष्टमार्टमका लागि पठाइएको उनले बताए । उनले भने, ‘कनै ठाउँमा घटना घटाएर यहाँ ल्याएर फालेको जस्तो देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ । पोस्टमार्टट रिपोर्ट आएपछि बाँकी कुराहरु थाहा हुन्छ ।’

अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।