काठमाडौं – संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए ।


ADVERTISEMENT

# #


उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा नयाँ कूटनीतिक जनशक्तिलाई अवसर दिने र अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई इन्टर्नसिपका रूपमा संलग्न गराउने योजना सुनाए ।

वित्तीय सीमितताहरूलाई सम्बोधन गर्न कडा मितव्ययिता अपनाउने र वित्तीय पारदर्शिता कायम गर्ने, अमेरिकाका ५० वटै राज्यमा रहेका करिब २ लाख ५० हजारभन्दा बढी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रभावलाई नेपालको हितमा अधिकतम प्रयोग गर्ने उनले बताए ।


ADVERTISEMENT

#
#


उनले सरकारले दिएको जिम्मेवारी निष्ठा र न्यायपूर्वक वहन गर्ने तथा सुनुवाइ समितिले “हामीले अनुमोदन गरेर पठाएको राजदूत हो“ भनेर गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।