काठमाडौँ – नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा वैद्यले देशलाई बचाउनका लागि प्रधानमन्त्री केपी शर्माओलीका लागि कोही नाथुराम गोड्से बन्न आवश्यक रहेको अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


नाथुराम गोड्से तिनै हुन् जसले सन् १९४८ मा भारतका पिता भनेर चिनिने महात्मा गान्धीको हत्या गरेका थिए । प्रदेशसभामा बोल्ने क्रममा सांसद वैद्यले कोही नबने ओलीका लागि आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

आफ्नो सत्ता बचाउनका प्रधानमन्त्रीले जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने नेपाल खाइदिन्छ ।’ उनले भनेका छन्, ‘त्यसैले मेरो आग्रह के भने कोही नाथुराम गोड्से आवश्यकता पर्यो है अब यो देश बचाउन । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ।’

उनले नेपालमा भारतीयहरु कोही सिकर्मी, डकर्मी र कोही कागजबोतल र कोही ज्वाईं भनेर पसिरहेकाले देश विस्तारै भारतीयहरुको कब्जामा जाने जिकिर गरे ।