काठमाडौँ – सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गरी नयाँ ढाँचा बनाउने प्रक्रिया अघि बढाएको हो ।


ADVERTISEMENT


गृहले काठमाडौँ उपत्यकाका तीन सिडिओ कार्यालय, स्वास्थ्य मन्त्रालयले, सीसीएमसी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सिनेमा, नाटकगृह, पार्टी प्यालेस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा, गोष्ठी लगायतका क्षेत्रलाई बन्दै राख्दै अन्य क्षेत्रलाई खुकुलो बनाउने तयारी गरिएको बताए । उनकाअनुसार कृषि क्षेत्र, विकास निर्माणका काम लगायतका क्षेत्रलाई खुकुलो बनाउने तयारी गरिएको छ ।

यसैगरी अहिलेसम्म खाद्य, किराना पसल लगायतका क्षेत्रलाई बिहाना ९ बजेसम्म मात्र खोल्न दिने गरिएकोमा त्यसको समयसिमा पनि बढाउने तयारी गरिएको उनले बताए । स्वास्थ्य मापदण्ड अपनाएर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको उनले जानकारी दिए ।