काठमाडौँ – इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू १२ वर्षपछि पदमुक्त भएकाछन् । इजरायलको इतिहासमा पछिल्लो १२ वर्षदेखि ४ पटकसम्म प्रधानमन्त्री बनी सबैभन्दा लामो कार्यकाल उनले बिताएका छन् ।


ADVERTISEMENT


सन् २००९ देखि उनी निरन्तर इजरायलको प्रधानमन्त्री पदमा रहे, उसो त यसअघि उनी सन् १९९६ देखि १९९९ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभामा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै उनी पदमुक्त भएका हुन् । विपक्षी गठबन्धनलाई ६० र उनलाई ५९ मत मिलेकामा उनी यही प्रतिस्पर्धाका कारण हार स्वीकार गर्न भने शुरुमा तयार थिएनन् ।

उनी पदमुक्त भएसँगै विपक्षी गठबन्धनका नेता नेफ्टाली ब्रेनेट प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।