काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरु पनि समाप्त हुन लागेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीका क्रियाकलापका कारण संविधान, लोकतन्त्र र लोकातान्त्रिक दल पनि संकटमा परेको उनले बताएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले नेकपापछि जुपालाई पनि नष्ट गर्ने प्रयास गरेको आरोप लगाउँदै प्रधानमन्त्रीको प्रतिगमन यत्तिकै नरोकिने आरोप उनले लगाएका छन् ।

‘निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’ भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ,’ उनले भनेका छन्, ‘प्रतिगमनको रथ त्यतिकै रोकिने छॉटकॉट छैन है ।’