सिरहा – सिरहामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका– ७ बलहीका ४७ वर्षीय गणेशकुमार सिंह रहेका छ्न्।


ADVERTISEMENT


गोप्य सूचनाको आधारमा आइतबार बिहान इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


ADVERTISEMENT

# # #


सिंहको घरबाट पेस्तोल र गोली बरामद भएकोमा ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रबक्ता तथा डीएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।