श्याम कुमार ठाकुर, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले महिला उद्यमीहरुलाई सिलाई मेसिन प्रदान गरेको छ । मिर्चैया वडा ८ मा ६ जना महिला उद्यमीहरुलाई नगरपालिकाले जम्मा ७ वटा सिलाई मेसिन वितरण गरेको हो ।


ADVERTISEMENT


गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत गत वर्ष सिकेर बसिरहेका उद्यमीहरुलाई यस वर्ष थप उर्जा प्रदान गर्न र व्यवसायमूलक रुपमा अगाडि बढाउन तथा आफ्नो जीविकोपार्जन गर्न उक्त समाग्री वितरण गरिएको कार्यक्रमका फोकल पर्सन तथा प्रशासन शाखा प्रमुक जित साहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वडा नम्बर ८ को वडा अध्यक्ष रामजगत यादवको अध्यक्षता तथा नगरप्रमुख श्रवण कुमार यादवको प्रमुख अतिथिमा सिलाई मेसिन बाँडिएको उनले बताए ।

यो कार्यक्रम हाल नगरपालिकाको ४ वटा वडाको विभिन्न टोलमा सञ्चालनमा रहेकोे छ भने अगामी आर्थिक वर्षमा १२ वटै वडामा विस्तार गर्ने र सबै युवाहरुलाई उद्यमी बनाई रोजगारीमा सहभागी गराउने नगर प्रमुख यादवले बताए ।