काठमाण्डौं- बलिउड स्टार सलमान खान र कट्रिना कैफ पाँच वर्षपछि पुन: एक हुँदै छन् । यो कुन अर्थमा भने, उनीहरूले ‘टाइगर जिन्दा है’ फिल्ममा सहकार्य गरेका छन् । फिल्मको अन्तिम गीतको छायांकनका लागि दुवै अहिले ग्रिसमा छन् ।


ADVERTISEMENT


उता खिचेका तस्बिर उनीहरूले इन्स्टाग्राम र फेसबुक पेजमा धमाधम पोस्ट गरिरहेका छन् । यो देखेपछि फयानहरूले उनीहरूलाई विवाहको सल्लाहसमेत दिन थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एकताका यी दुईको नाम खुबै जोडिने गरिन्थ्यो ।


ADVERTISEMENT

# # #


सलमानकी बहिनी अर्पिताले कट्रिनासँगको दाइको तस्बिर सेयर गरेपछि कुरा थप रोचक बनेको छ । अर्पिताले सेयर गरेको फोटोको कमेन्टमा केहीले ‘भैया–भाभी’ लेखेका छन् । कसैले चाहिँ ‘मेड फर इच अदर’ (एकअर्काका लागि बनेका) भन्ने प्रतिक्रिया दिएका छन् ।

सन् २०१२ मा कबिर खान निर्देशित ‘एक था टाइगर’ कै सिक्वेलका रूपमा ‘टाइगर जिन्दा है’ बनाइएको हो । यसमा सलमान जासुस टाइगर र कट्रिना जोयाको भूमिकामा दोहोरिनेछन् । फिल्मको नयाँ पोस्टर यसै साता रिलिज गरिएको छ । त्यसमा यो स्टार जोडी एक्सन मुडमा देखिन्छ ।

अघिल्लो महिना नै अधिकांश सुटिङ सकिएको थियो । फिल्मको क्लाइमेक्स दृश्य अबुधावीमा छायांकन गरिएको छ । – आजको कान्तिपुरबाट