काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौको न्युरोडस्थीत निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले निगममा देखिएको कमीकमजोरी सच्चाउन एक साताको समय दिदै त्यसपछि आफुले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसंग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले भने, ‘विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजी गरिनेछ।’

कोरोनाले हवाइसेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुखमात्र नताकि निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए । ‘हवाई सेवामा कोभिड–१९ ले पारेको प्रभावसँग जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मात्र मुख नताकि निगम व्यवस्थापनले ठोस योजना ल्याउन निर्देशन गर्दछु ।’ उनले भने, ‘यसको समीक्षा गर्दै सरकारले आफ्नो रणनीति बनाउने जानकारी गराउँदछु ।’

त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले विगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजारहिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।

सो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए ।

कोरोनाको दोश्रो संक्रमणका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जिकिर जनाएको छ ।