काठमाडौँ – अबदेखि नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । यसअघि नेपाली पुरुषहरुलाई मात्र सेनामा लिने गरेको भारतले महिलालाई पनि भर्ती लिने व्यवस्था गरेको हो ।


ADVERTISEMENT


नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले भारतीय सेनामा नेपाली महिला भर्ना हुन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ । दूतावासकाअनुसार १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


हाल आवेदन खुला गरिएकोमा जुन २० सम्ममा आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

ज्वइन इन्डियन आर्मी वेबसाइटमा गई आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदनका लागि : https://joinindianarmy.nic.in/index.htm