काठमाडौँ– जनता समाजवादी पार्टीको बहुमत निर्णयस्वरुप पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत अन्य सदस्यहरु लाई गरिएको कारवाही मागलाई निर्वाचन बैठकले गरेको अस्वीकारप्रति जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै गत जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमतबाट निर्णय गरी आवश्यक कागजातसहित महन्थ ठाकुर लगायत सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजय बहादुर यादव र कल्पना पाण्डेलाई राजनीती दल ऐनसम्बन्धि २०७३ को दफा ५१ अनुरुप अनुशासनसम्बन्धि कारवाहि गरी उनीहरुको पद समेत खारेज गर्नुपर्ने माग लिखित पार्टीको निवेदनलाई निर्वाचन आयोग समितिको बैठकले गरेको अस्वीकारको खण्डन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले आयोगको सो निर्णयसंगै आयोगबाट निष्पक्ष, तटस्थ भुमिका निर्वाह नभएको भन्दै त्यसलाई पूर्वाग्रहको संज्ञासमेत दिएका छन् । ‘उक्त निर्णयले आयोगबाट राजनीती दलसम्बन्धि ऐन २०७३, राजनीती दलसम्बन्धि नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधाअनुरुप बग्याई अपव्याख्या गरी पार्टी विधान विपरित काम गर्ने, दलको आचारसहिंता पालना नगर्ने, अराजक एवम् अनुशासनहिन पदाधिकारी र कायकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ । जसन सर्वसम्मत देखिदैँन’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, उनले निर्वाचनले गरेका उपरोक्त काम कारवाही विरुद्व आफूहरुले राजनीतिक र कानुनी लडाई जारी राख्ने जानकारी समेत गराएका छन् ।