काठमाडौँ – सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो । सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे र केसीलाई पठाउने निर्णय गरेको कार्यसमितिका वरिष्ठ सदस्य विकास भट्टराइले जानकारी दिए।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएसन र सर्वोच्चबार एशोसिएसनबाट दुई-दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार सर्वोच्च बारले एमीकस क्युरीको तय गरेको हो । उक्त विवादमा यही असार ९ गतेबाट नियमित सुनुवाइ हुने तय भएको छ ।