काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नदीमा आएको बाढी व्यवस्थापनका लागि विपद् व्यवस्थापन समितिको बैठक शुरु भएको छ ।
सिँहदरबारमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल गर्न बैठक बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले बताए ।


ADVERTISEMENT


निरन्तरको वर्षापछि मंगलवार साँझ आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।


ADVERTISEMENT

# # #