काठमाडौँ – मनसुनको शुरुआतसँगैँ मंगलवार रातिदेखि बुधवार रातिसम्ममा देशभर बाढी र पहिरोले ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बुधवार साँझ ८ बजेसम्म प्राप्त तथ्यांकअनुसार देशभर ६ जनाको मृत्यु भएकोमा २७ जना अझैँ बेपत्ता छन् ।


ADVERTISEMENT


गृहकाअनुसार सिन्धपाल्चोकमा २ जनाको बाढीले मृत्यु भएको छ । यसैगरी पाल्पा, कास्की, बाजुरा र डोटीमा १/१ जनाको मृत्यु बाढी र पहिरोले भएको गृहका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


हेलिकप्टर परिचालन गरी बेपत्ता र जोखिममा परेकाको उद्वार कार्य जारी राखिएको उनले बताए । उद्वारका लागि सेनाका दुई हेलिकप्टर सिन्धुपाल्चोकमा परिचालन गरिएका छन् । यसैगरी सिन्धुपाल्चोक जस्तै मनाङमा पनि बाढी र पहिरोमा परी बेपत्ता भएकोमा उनीहरुको उद्वारका लागि एक हेलिकप्टर तयार अवस्थामा राखिएकोमा मौसमका कारण उडान गर्न नसकिएको जानकारी उनले दिए ।

बाढी र पहिरोमा देशभर ८९ वटा घर भत्किएको तथ्यांक प्राप्त भएको जानकारी उनले दिए ।